मैत्रीपूर्ण खेलका लागि नेपाली टोली थाइल्याण्ड प्रस्थान

काठमाडौं, ७ चैत । मैत्रीपूर्ण खेलका लागि नेपाली टोली थाइल्याण्ड प्रस्थान गरेको छ । टोली मध्यान्ह सवा १२ बजे नेपाल एअरलायन्सको जहाजमार्फत थाइल्याण्ड प्रस्थान गरेको हो ।
नेपालले थाइल्याण्डमा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालले थाइल्याण्डको राष्ट्रिय टोलीसँग २४ मार्चमा तथा स्थानीय क्लब चोनबरी एफसीसँग २७ मार्चमा मैत्रीपूर्ण खेल खेल्नेछ । दुवै खेल चोनबरीमा हुनेछ ।
एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको खेलअघि नेपालले थाइल्याण्डमा मैत्रिपूर्ण खेल खेल्न लागेको हो । छनोटको समूह ‘ए’मा नेपाल, कुवेत, इन्डोनेसिया र जोर्डन छन् । नेपालको समूहको छनोट खेल कुवेतमा हुनेछ । एएफसीले छनोटमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेको हो ।
हरेक समूहका शीर्ष टोली र उत्कृष्ट दोस्रो हुनेमध्ये ५ टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुनेछन् । छनोट खेल जुन ८ देखि १४ सम्म हुनेछ ।
नेपालले ८ जुनमा जोर्डनसँग खेल्दै छनोटको सुरुवात गर्नेछ । दोस्रो खेलमा नेपालले ११ जुनमा कुवेतको सामना गर्दा तेस्रो तथा अन्तिम खेल १४ जुनमा इन्डोनेसियासँग खेल्नेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


