काठमाडौं, ६ चैत । नेपालमा पछिल्लो २४ घण्टामा ३७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७९८ जनाको पीसीआर परीक्षण गर्दा २८ र १ हजार २६३ जनाको एन्टीजेन परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन भने ३८२ जना संक्रमणमुक्त भएका छन् ।

देशभर हाल ३ हजार २४१ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।