मकवानपुर जिल्ला कोरोना संक्रमणमुक्त

हेटौंडा, ६ चैत । मकवानपुर जिल्ला कोरोना संक्रमणमुक्त भएको छ ।
होम आइसोलेसनमा रहेका ११ जना व्यक्ति संक्रमणमुक्त भएसँगै सो जिल्ला संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरका स्वास्थ्य अधिकृत तथा सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।
उनका अनुसार ११ जना संक्रमणमुक्त भएसँगै सक्रिय संक्रमितको संख्या शून्य भएको छ ।
जिल्लामा हालसम्म कोरोनाको कारण १७१ जनाको मृत्यु भएको छ । पहिलो चरणको संक्रमणमा ३२ जनाको मृत्यु भएको थियो । दोस्रो र तेस्रो चरणमा थप १३९ जना गरि १७१ जनाको मृत्यु भएको हो ।
गत माघ महिनाको तेस्रो सातादेखि कोरोनाको कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


