प्रश्नपत्र छाप्ने कागज आयातका लागि विदेशी मुद्रा सञ्चितिको अभाव भएपछि श्रीलंकामा राष्ट्रिय परीक्षा स्थगित

एजेन्सी, ६ चैत । प्रश्नपत्र छाप्ने कागज आयातका लागि विदेशी मुद्रा सञ्चितिको अभाव भएपछि श्रीलंकामा राष्ट्रिय परीक्षा स्थगित गरिएको छ ।
श्रीलंकाले पश्चिमी प्रान्तमा सोमबारबाट सुरु हुने तय भएको परीक्षा कागज खरिद गर्न विदेशी मुद्रा नभएपछि अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
शिक्षा अधिकारीहरुका अनुसार श्रीलंकासँग कागज आयात गर्नको लागि समेत डलरको अभाव रहेको छ । सन् १९४८ मा श्रीलंका स्वतन्त्रता भएपछि सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ ।
प्रश्नपत्रसमेत छाप्न नसकिने अवस्थामा पुगेपछि विद्यालयका प्रधानाध्यापकहरूले परीक्षा लिन अस्वीकार गरेको पश्चिमाञ्चल प्रदेशको शिक्षा विभागले जनाएको छ ।
आवश्यक कागज र मसी आयात गर्न विदेशी मुद्राको अभाव भएको विभागको भनाइ छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


