एजेन्सी, ६ चैत । भारतमा पछिल्लो २४ घण्टामा १ हजार ४८४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

यसअघि शुक्रबार त्यहाँ २ हजार ७५ जनामा कोरोना पुष्टि भएको थियो ।

संक्रमण दर घटे पनि भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या भने बढेको छ । शुक्रबार ६९ संक्रमितको मृत्यु हुँदा पछिल्लो २४ घण्टामा त्यहाँ १२९ जनाले ज्यान गुमाएका छन् ।

योसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ लाख १६ हजार ५१० पुगेको छ ।

भारतमा हाल २९ हजार सक्रिय संक्रमित छन् ।