काठमाडौं, ५ चैत । गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ युट्युबमा सार्वजनिक भएको २४ घण्टा पनि नबित्दै विवादमा मुछिएको थियो । उनीमाथि सत्तारूढ माओवादी केन्द्रका नेताहरू खनिए ।

१६ मिनेट २५ सेकेण्ड लामो भिडियोमा दशवर्षे जनयुद्ध लडेका लडाकुहरूको सपना पूरा नभएको र जीवन अस्तव्यस्त भएको देखाइएको छ ।

आखिर युद्धले हामीलाई के दियो भन्ने विषयवस्तुमा भिडियो केन्द्रित छ ।

भिडियोमा पूर्वलडाकु यौन व्यवसायमा लागेको देखाइएको छ । यसैलाई लिएर माओवादी केन्द्रका नेताहरूमा असन्तुष्टि बढेको हो । यस विषयमा माओवादीका नेतामा मात्र नभई अन्य सर्वसाधारणमा पनि आपत्ति रहेको देख्न सकिन्छ ।

विवादमा परे पनि गीतले भने नयाँ कीर्तिमान कायम गर्न सफल भएको छ। एक सातामै पीरको म्युजिक भिडियो एक करोडले हेरिसकेका छन् ।

गीत फागुन २७ गते सार्वजनिक गरिएको थियो ।

एक सातामै १ करोड पटक हेरिएको यो नेपालको पहिलो म्युजिक भिडियो हो ।