नायिका थापाले दिएको उजुरीको आधारमा वाइवा पक्राउ

काठमाडौं, ५ चैत । पल शाह प्रकरणमा मनगढन्ते अन्तर्वार्ता दिएको आरोपमा एक महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा मकवानपुरकी शर्मिला वाइवा रहेकी छन् । उनलाई नेपाल प्रहरीको साइबर ब्युरो टोलीले चितवनबाट पक्राउ गरेको हो ।
नायिका रेखा थापाले वाइवाविरुद्ध दिएको उजुरीको आधारमा उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पल प्रकरणमा नायिका थापाविरुद्ध आफूलाई सामाजिक अभियन्ता बताउने वाइवाले मनगढन्ते अन्तर्वार्ता दिएकी थिइन् ।
यसभन्दा अगाडि पल प्रकरणमा नायिका थापाविरुद्ध बोल्ने दुई जना पक्राउ परिसकेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


