काठमाडौं, ४ चैत । नेपालमा पछिल्लो २४ घण्टामा ५१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५९२ जनाको पीसीआर परीक्षण गर्दा १२ र ३ हजार ३२२ जनाको एन्टीजेन परीक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन भने ३९२ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार १८० पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९५० पुगेको छ ।त्यस्तै, ९ लाख ६२ हजार १७३ जना संक्रमणमुक्त भएका छन् ।

देशभर हाल ३ हजार ९९६ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्ये ३ हजार ९२७ जना होम आइसोलेसनमा र ६९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये २७ जना आईसीयू र ६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।