काठमाडौं, ४ चैत । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेदेखि सञ्चालन गर्ने भएको छ ।

शुक्रबार बसेको बोर्डको बैठकले जेठ १६ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

यस अघि जेठ १८ गतेदेखि हुने भनिए पनि आज बसेको बोेर्डको बैठकले १६ गतेदेखि गर्ने निर्णय गरेको हो ।

बोर्डले यस वर्ष पनि कक्षा १२ को प्रश्नपत्र भने अनलाइनबाट नै पठाउने तयारी गरेको छ । कोरोनाको कारण बोर्डले गत वर्षदेखि प्रश्नपत्र प्रकाशन गर्न छोडेको हो । गत वर्ष अनलाइनबाट प्रश्नपत्र पठाउँदा भएको समस्या सुधार्दै प्रश्न पत्र पठाउने तयारी गरेको बोर्डले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार करिब ४ लाख विद्यार्थीले यस वर्ष कक्षा १२ को परीक्षा दिनेछन् ।