काठमाडौं, ४ चैत । स्वास्थ्य संस्था तथा अस्पतालमा उपचारका लागि जाँदा अब पिसीआर परीक्षण गर्नु नपर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेका र कोरोना संक्रमणको लक्षण नदेखिएका व्यक्तिले अस्पतालमा उपचारका लागि पिसीआर परीक्षण गर्न नपर्ने जनाएको हो ।

यसअघि अस्पतालमा उपचारका लागि जाँदा पिसिआर परीक्षण अनिवार्य गर्नुपर्ने प्रावधान थियो ।

सरकारले पिसिआर परीक्षणको शुल्क ८ सय रुपैयाँ तोकेको छ । अस्पतालमा जाँदा खोप कार्ड भने अनिवार्य रूपमा लिएर जानुपर्ने मन्त्रालयले जनाएको छ ।