बिहीबार २७ नयाँ संक्रमित थपिए, २२० जना संक्रमणमुक्त

काठमाडौं, ३ चैत । नेपालमा पछिल्लो २४ घण्टा २७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६५४ जनाको पीसीआर परीक्षण गर्दा २२ र ३ हजार ९३ नमूनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन भने २२० जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या ४ हजार ३७६ रहेको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


