एजेन्सी, ३ चैत । पोल्यान्डकी क्यारोलिना बेइलावस्का विश्व सुन्दरी बनेकी छन् ।

बिहीबार बिहान अमेरिकाको पुएर्तोरिकोमा सम्पन्न ७० औं संस्करणको मिस वर्ल्ड ग्रान्ड फिनालीमा बेइलावस्का विश्व सुन्दरी बनेकी हुन् ।

अमेरिकाकी श्री साइनी फस्ट रनरअप र कोटे डी आइभोरकी ओलिभिया एस सेकेन्ड रनरअप भए ।

पूर्व मिस वर्ल्ड टोनीएन सिङले क्यारोलिना बेइलावस्कालाई मिस वर्ल्डको ताज पहि¥याइन् ।

फाइनल राउन्डमा ४० जना सहभागी भएका थिए ।