जापानमा ७.३ म्याग्नेच्युडको भूकम्प, सुनामीको चेतावनी

एजेन्सी, २ चैत । जापानमा बुधबार राति ७.३ म्याग्नेच्युडको भूकम्प गएको जापानी प्रसारण संस्था एनएचकेले जनाएको छ ।
उत्तरपूर्वी जापानमा केन्द्रबिन्दु बनाएर बुधबार राति गएको उक्त भूकम्पको धक्का राजधानी टोकियोसम्म महसुस गरिएको थियो ।
भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ । भूकम्पपछि जापानमा सुनामीको चेतावनी जारी गरिएको छ ।
समाचार संस्था एएफपीका अनुसार भूकम्पपछि झन्डै २० लाख घरमा बिजुली अवरूद्ध भएको छ ।
भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भइसकेको छैन ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


