एजेन्सी, २ चैत । आम आदमी पार्टीका नेता भगवन्त मानले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

मानले बुधबार खटकर गाउँमा एक समारोहबीच सपथ लिएका हुन् । उनले सपथ लिएको गाउँ स्वतन्त्र सेनानी भगत सिंहको पुर्ख्यौली गाउँ हो ।

विशाल सपथ समारोहमा गभर्नर बनवारिलाल पुरोहित, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र सो राज्यका मानिसहरूको बाक्लो उपस्थित थियो ।

सपथ लिएपछि नवनियुक्त मुख्यमन्त्री मानले सहभागी सबैलाई धन्यबाद दिएका थिए । समारोहमा सहभागी हुनेमध्ये अधिकांश पुरुष पहेंलो फेटा र महिला पहेंलो सलमा सजिएका थिए ।

११७ सिट रहेको पन्जाब विधान सभामा आम आदमीले ९२ सिट ल्याएको थियो । सन् २०१७ को विधान सभामा ७७ सिट ल्याएको कंग्रेस १८ सिटमा खुम्चिएको थियो ।