बुधबार ८२ नयाँ संक्रमित थपिए, २१३ जना संक्रमणमुक्त

काठमाडौं, २ चैत । नेपालमा पछिल्लो २४ घण्टामा ८२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७९० जनाको पीसीआर परीक्षण गर्दा ४१ र १ हजार ३८२ जनाको एन्टीजेन परीक्षण गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन भने २१३ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार १०२ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९५० पुगेको छ ।त्यस्तै, ९ लाख ६१ हजार ५६१ जना संक्रमणमुक्त भएका छन् ।
देशभर हाल ४ हजार ५७४ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्ये ४ हजार ४९८ जना होम आइसोलेसनमा र ७६ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये ३१ जना आईसीयू र ६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


