अध्यापन अनुमतिपत्रको परीक्षामा वस्तुगत प्रश्न मात्र सोधिने

काठमाडौं, २ चैत । शिक्षक सेवा आयोगले निम्न माध्यमिक र माध्यमिक तहको अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको पाठ्यक्रम २०७८ सार्वजनिक गरेको छ ।
सार्वजनिक पाठ्यक्रम अनुसार अब अध्यापन अनुमतिपत्रको परीक्षामा वस्तुगत प्रश्न मात्र सोधिनेछ ।
यसअघि आयोगले एक सय पूर्णांकको अध्यापन अनुमतिपत्रको परीक्षामा ४० प्रतिशत वस्तुगत र ६० प्रतिशत विषयगत प्रश्न सोध्ने गरेको थियो ।
परीक्षामा १०० पूर्णांक राखिएको छ भने ५० उत्तीर्णांक राखिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


