काठमाडौं, २ चैत । सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत बुधबारको खेलमा वीरगञ्ज युनाइटेड र चर्च व्बाइज युनाइटेड बराबरीमा रोकिएका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दुवै टोलीले १–१ को बराबरी खेलेका हुन् । खेलको ७७ औं मिनेटमा योगेश गुरूङको गोलबाट चर्च ब्वाइजले अग्रता लिएको थियो ।

८५ औं मिनेटमा वीरगञ्जका अनिश चौधरीले गोल गरेपछि खेल १–१ को बराबरीमा सकिएको हो । यो नतिजासँगै चर्च ब्वाइजले ५ खेलमा ११ अंक जोड्दा वीरगञ्जको समान खेलबाट ६ अंक छ ।