काठमाडौं, १ चैत । नेपालमा पछिल्लो २४ घण्टामा ८३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७३४ जनाको पीसीआर परीक्षण गर्दा ५७ र ३ हजार १५० जनाको एन्टीजेन परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कसैको मृत्यु नभएको र १३० जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १७ हजार ९९४ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९५० पुगेको छ ।त्यस्तै, ९ लाख ६१ हजार ३४८ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ४ हजार ७४६ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्ये ४ हजार ६७१ जना होम आइसोलेसनमा र ७५ जना संस्थागत आइसोलेसनमा छन् ।

कोरोनाका बिरामीमध्ये ३० जना आईसीयू र ६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।