विद्यालयहरुले सबै परीक्षा लिएर वैशाखमै नतिजा प्रकाशन गर्नुपर्ने

काठमाडौं, १ चैत । आगामी वैशाखमा विद्यालयहरुले विद्यार्थीका सबै प्रकारका परीक्षाहरू लिएर वैशाखमै नतिजा प्रकाशन गर्नुपर्ने भएको छ ।
शिक्षा मन्त्रालयअन्तर्गको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले चैतभर पठनपाठनलाई जारी राख्नुपर्ने जनाएको छ ।
एसईई परीक्षा वैशाख ९ गतेदेखि सञ्चालन हुनेछ । स्थानीय तहहरूले कक्षा ८ को परीक्षा पनि वैशाखमै लिनुपर्ने केन्द्रको स्पष्ट पारेको छ ।
यससंगै नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान समेत वैशाखमै सुरू गर्नुपर्नेछ । भने जेठ १ गतेदेखि नियमित पठनपाठन सुरू गर्न केन्द्रले निर्देशन दिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


