एजेन्सी, १ चैत । युक्रेनको राजधानी किभमा पार्क छेउमै क्षेप्यास्त्र प्रहार भएको छ । बीबीसीका अनुसार उक्त क्षेप्यास्त्र पार्क छेउमा हिँड्दै गरेका एकजना मानिसको अगाडि खसेको हो ।

रुसी फौजले धेरै युक्रेनी सहरहरूमा बमबारी जारी राखेको छ । राजधानी किएभको आवासीय क्षेत्रमा सोमबार भएको बमबारीमा एकजनाको मृत्यु भएको थियो ।

भीषण बमबारी भइरहेको भए पनि युक्रेनमा अघि बढ्ने रुसी प्रयास केही दिनदेखि रोकिएको पेन्टागनले जनाएको छ । उसको पछिल्लो मूल्याङ्कन अनुसार युक्रेनी सहरहरूले बहादुरीपूर्वक आफ्नो रक्षा गर्न सफल भएका छन् ।

अमेरिकी रक्षा मन्त्रालयले युक्रेनले प्रभावकारी रूपमा हवाई प्रतिरक्षा प्रणाली प्रयोग गरेका कारण रुसी सेना हवाई हमलामा पनि त्यति धेरै अघि बढ्न नसकेको जनाएको छ ।