‘बी’ डिभिजन लिगको पहिलो खेलमा सरस्वती युथ क्लब विजयी

काठमाडौं, १ चैत । शहीद स्मारक ‘बी’ डिभिजन लिगमा मंगलबार भएको पहिलो खेलमा सरस्वती युथ क्लब विजयी भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सरस्वतीले मध्यपुर युथ एसोसिएसनमाथि २–१ को रोमाञ्चक जित हात पारेको हो ।
पहिलो हाफको अन्तिम मिनेटमा सनम धिमालले गोल गर्दै सरस्वतीलाई अग्रता दिलाएका थिए । ५१ औं मिनेटमा सजिन थापामगरले मध्यपुरलाई १–१ को बराबरीमा ल्याए ।
थप गरिएको समयमा कुमार दोङले गोल गर्दै सरस्वतीलाई २–१ को रोमाञ्चक जित दिलाए । यो जितसँगै आफ्नो अपराजित यात्रालाई कायम राख्दै ५ खेलमा ११ अंक जोडको सरस्वती लिगको शीर्ष स्थानमा उक्लिँदा समान खेलबाट ३ अंकका साथ मध्यपुर अन्तिममा छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


