एजेन्सी, १ चैत । स्पेनिस स्टार राफेल नाडाल इन्डियन वेल्स टेनिस प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेका छन् ।

उनले सोमबार राति भएको खेलमा बेलायती खेलाडी डान इभान्सलाई २–० को सोझो सेटमा हराउँदै अन्तिम–१६ को यात्रा तय गरेका हुन् । ३५ वर्षीय नाडालले इभान्समाथि ७–५ र ६–३ को जित हात पारे ।

अब नाडालले अन्तिम–१६ मा अमेरिकी खेलाडी रिली ओपेल्काको सामना गर्नेछन् । २०२२ मा नाडालको यो लगातार १७ औं जित हो । कीर्तिमानी २१ पटकका ग्रान्डस्लाम विजेता उनले यो वर्ष हार बेहोरेका छैनन् ।