अस्ट्रेलियाले वेस्ट इण्डिजमाथि ७ विकेटको जित निकाल्यो

एजेन्सी, १ चैत । आइसिसी महिला एकदिवसीय विश्वकपको मंगलबार सम्पन्न खेलमा अस्ट्रेलिया विजयी भएको छ । लगातार चौथो जित निकाल्ने क्रममा अस्ट्रेलियाले वेस्ट इण्डिजमाथि ७ विकेटको जित हात पारेको हो ।
१३२ रनको लक्ष्य अस्ट्रेलियाले ३०.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो । उसका लागि राचेल हाइनेसले अविजित ८३ रनको योगदान दिइन् । ९५ बलको समाना गरेकी हाइनेसले ९ चौका प्रहार गरिन् ।
बेथ मोनी २८ रनमा खविजित रहँदा एलिस पेरीले १० रन जोडिन् । वेस्ट इण्डिजका लागि हेली म्याथ्युज, शमिलिया कोनेल र चिनेल हेनरीले १/१ विकेट हात पारे ।
यसअघि न्युजिल्यान्डको वालिंग्टनस्थित बसिन रिजर्भमा टस जितेर ब्याटिङ रोजेको वेस्ट इण्डिजले ४५.५ ओभरमा सबै विकेट गुमाउँदै १३१ रन बनाएको थियो ।
वेस्ट इण्डिजका लागि कप्तान स्टेफनी टेलरले अर्धशतकीय पारी खेलिन् । ९१ बलको सामान गर्दै ५० रन बनाएकी उनले ३ चौका प्रहार गरिन् । शेमेन क्याम्पबेलले २० र डियन्द्रा डोटिनले १६ रन जोडे ।
अस्ट्रेलियाका लागि एलिस पेरी र एस्लेघ गार्डनरले ३/३, जेस जोनासेनले २ तथा मेगन स्कटले १ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।
यो जितसँगै आफ्नो विजयी यात्रालाई कायम राख्दै ४ खेलमा ८ अंक जोडेको अस्ट्रेलिया शीर्ष स्थानमा रहँदा पराजित वेस्ट इण्डिज समान खेलबाट ४ अंकका साथ पाँचौं स्थानमा छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


