सोमबार मधेस प्रदेशमा शून्य संक्रमित, ६ जना संक्रमणमुक्त

जनकपुरधाम, ३० फागुन । मधेस प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोनाका कुनै संक्रमित फेला परेका छैनन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ३२१ जनाको परीक्षण गर्दा कुनै नयाँ संक्रमित फेला परेका छैनन् ।
पछिल्लो २४ घण्टामा प्रयोगशालाहरुमा १९ जनाको पिसिआर विधिबाट परिक्षण गर्दा शून्य, नाकाहरुमा २०४ जनाको एन्टिजेन टेष्ट किटबाट परिक्षण गर्दा शून्य र स्थानीय तहहरुमा ९८ जनाको एन्टिजेन टेष्ट किटबाट परिक्षण गर्दा शून्य जना गरी कुल शंकास्पद ३२१ जनाको परिक्षण गर्दा कुनै नयाँ संक्रमित फेला नपरेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
मधेस प्रदेशमा पछिल्लो २४ घण्टामा ६ जना संक्रमणमुक्त भएका छन् । योसँगै मधेस प्रदेशमा हालसम्म ४० हजार ७० जना संक्रमणमुक्त भएका छन् ।
यस प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ४१ हजार ३९४ पुगेको छ भने मृत्यु हुनेको संख्या १ हजार ६२ पुगेको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार हाल प्रदेशभर सक्रिय संक्रमितको संख्या २६२ रहेको छ । जसमध्ये २६० जना होम आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २ जना एचडियूमा उपचाररत् छन् ।
मृतक १ हजार ६२ मध्ये सप्तरीका १६१, सिरहाका १३७, धनुषाका १३२, महोत्तरीका ९१, सर्लाहीका ९३, रौतहटका १३०, बाराका १८२, पर्साका १३५ र १ जना भारतीय नागरिक छन् । जसमा पुरुष ७७१ र महिला २९१ रहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


