काठमाडौं, ३० फागुन । नेपालमा पछिल्लो २४ घण्टामा ५८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ६ हजार ५३९ जनाको पिसिआर परीक्षण गर्दा ५० र १ हजार ८७९ नमूनाको एन्टीजेन परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५० पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४८ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६१ हजार २१८ पुगेको छ ।

हाल देशभर ४ हजार ८१९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ८१९ जनाले कोरोनाविरुद्वको खोप लगाएका छन ।