किभस्थित एक आवासीय भवनमा हवाई आक्रमण : दुई जनाको मृत्यु, १२ जना घाइते

एजेन्सी, ३० फागुन । युक्रेनको राजधानी किभमा अवस्थित एक आवासीय भवनमा भएको हवाई आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । यस आक्रमणमा परी अन्य १२ जना घाइते भएका देशको आपतकालीन सेवाले जनाएको छ ।
स्थानीय समयानुसार सोमबार बिहान ७ः३० बजे दुई जनाको शव नौतले अपार्टमेन्ट भवनमा फेला परेको छ । अन्य तीन जनालाई अस्पतालमा भर्ना गरिएको जनाइएको छ । नौ जनाको घटनास्थलमा उपचार गरिएको आपतकालीन सेवाले फेसबुकमा बताइएको छ । भवन किभको ओबोलोनमा रहेको जनाइएको छ ।
रुसले युक्रेनमा गत फेबु्रअरी २४ बाट आक्रमण शुरु गरेको थियो । सो समयदेखि हालसम्म भएका आक्रमणहरुमा परी सयौं नागरिकको मृत्यु भएको छ । यसमा बालबालिका समेत रहेका छन् । युक्रेनमा जारी रहेको आक्रमणको कारण २५ लाख भन्दा बढी सर्वसाधारण शरणार्थीको रुप छिमेकी देशमा पुग्न बाध्य भएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


