महिला एक दिवसीयअन्तर्गत सोमबार सम्पन्न खेलमा दक्षिण अफ्रिका विजयी

एजेन्सी, ३० फागुन । आइसिसी महिला एक दिवसीय विश्वकपअन्तर्गत सोमबार सम्पन्न खेलमा दक्षिण अफ्रिका विजयी भएको छ ।
लगातार तेस्रो जित निकाल्ने क्रमममा दक्षिण अफ्रिकाले साविक विजेता इंग्ल्यान्डमाथि ३ विकेटको जित हात पारेको हो ।
२३६ रनको लक्ष्य दक्षिण अफ्रिकाले ४ बल बाँकी रहँदा ७ विकेट गुमाएर पूरा गरेको थियो ।
दक्षिण अफ्रिकाका लागि लौरा उल्भर्टले सर्वाधिक ७७ रनको योगदान दिइन् । १०१ बलको सामना गरेकी उनले ८ चौका प्रहार गरिन् ।कप्तान सुने लुइसले ३६ र मारिजेन कापले ३२ रनको योगदान दिए ।
इङ्गल्यान्ड लागि अन्या श्रुबसोले २ तथा केट क्रस,सोफी इक्लेस्टोन, नटाली स्काइभर र सार्लेट डिनले १–१ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।
यसअघि न्युजिल्यान्डको माउन्ट मौन्गानुईमा टस हारेर ब्याटिङको निम्तो पाएको इङ्गल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३५ रन बनाएको थियो ।
इंग्ल्यान्डका लागि तामसिन बेउमोन्ट र एमी जोन्सले अर्धशतकीय पारी खेले । ९७ बलको सामना गर्दै ६२ रन बनाएकी बोउमोन्टले ६ चौका प्रहार गरिन् ।
जोन्सले ७४ बलमा ५ चौकासहित ५३ रन बनाइन् । सोभिया डंकलीले २६ रन जोडिन् ।
दक्षिण अफ्रिकाको लागि मारिजेन कापले ५, मसाबाता क्लासले २ तथा अयाबन्गा खाकाले १ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो।
यो जितसँगै दक्षिण अफ्रिका ६ अंकका साथ दोस्रो स्थानमा रहँदा तिनै खेलमा पराजित इंग्ल्यान्ड बिना अंक सातौं स्थानमा छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


