त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली क्रिकेट टोली युएईमा

काठमाडौं, ३० फागुन । आइसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली क्रिकेट टोली युएई गएको छ ।
नेपाली टोली अभ्यास खेलपछि श्रीलंकाबाट युएई गएको हो । नेपालले सिरिजको तयारी स्वरूप श्रीलंकामा चार अभ्यास खेल खेलेको थियो ।
नेपालले शुरुवाती ३ अभ्यास खेलमा जित हात पार्दा अन्तिम खेलमा पराजित भएको थियो ।
नेपालले लिग–२ अन्तर्गतको आफ्नो तेस्रो सिरिजमा घरेलु टोली युएई र पपुवा न्युगिनी (पिएनजी)विरुद्ध खेल्ने छ ।
सिरिजको पहिलो खेलमा नेपालले पिएनजीविरुद्ध खेल्नेछ । यो खेल चैत २ मा हुनेछ ।
नेपालले दोस्रो र तेस्रो खेल आयोजक युएईविरुद्ध चैत ४ र ७ मा खेल्नेछ । उसले अन्तिम खेलमा पिएनजीविरुद्ध चैत्र ८ मा प्रतिस्पर्धा गर्नेछ ।
लिग अन्तर्गत दुई सिरिज खेलिसकेको नेपाल ८ खेलमा ८ अंक जोडेर तालिकाको छैठौं स्थानमा छ ।
१२ वटै खेल गुमाएको पिएनजी बिना कुनै अंक पुछारमा रहँदा १४ खेलबाट १६ अंकका साथ युएई तेस्रो स्थानमा छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


