जैविक हतियार प्रयोगशालाको बहानामा रुसले रासायनिक हतियार सञ्चालनको योजना बनाउन सक्छ : नाटोका महासचिव जेन्स

एजेन्सी, ३० फागुन । उत्तर एटलान्टिक सन्धि संगठन नाटोका महासचिव जेन्स स्टोल्टनबर्गले जैविक हतियार प्रयोगशालाको झुठो बहानामा रुसले रासायनिक हतियार सञ्चालनको योजना बनाउन सक्ने बताएका छन् ।
जर्मनीको एउटा पत्रिकासँगको अन्तवार्ताका क्रममा उनले भने, ‘पछिल्ला दिनमा हामीले रसायनिक र जैविक हतियार प्रयोगशालाबारे बेतुकका दाबी सुनेका छौं
अहिले यी झुटा दाबी गरिएका छन् । हामी सतर्क हुनुपर्छ, किनकि रुस आफैंले यो बनाबटी झुटअन्तर्गत रासायनिक हतियार सञ्चालनको योजना बनाउन सक्छ।’
युक्रेनी जनताले साहसका साथ रुसी हमलाको प्रतिरोध गरे पनि आगामी दिनले अझ ठूलो कठिनाइ ल्याउन सक्ने उनले बताए ।
‘यस द्वन्द्वलाई युक्रेनको सिमानाबाहिर रुस र नेटोबीच पूर्णयुद्धमा परिणत हुनबाट रोक्न हाम्रो दायित्व छ’, नाटो प्रमुखले भने ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


