जनकपुरधाम, २९ फागुन । मधेस प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोनाका कुनै नयाँ संक्रमित थपिएका छैनन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार २१९ जनाको परीक्षण गर्दा कुनै नयाँ संक्रमित फेला परेका छैनन् ।

पछिल्लो २४ घण्टामा प्रयोगशालाहरुमा ७६ जनाको पिसिआर विधिबाट परिक्षण गर्दा शून्य जना, नाकाहरुमा १४३ जनाको एन्टिजेन टेष्ट किटबाट परिक्षण गर्दा शून्य जना गरी कुल शंकास्पद २१९ जनाको परिक्षण गर्दा कुनै नयाँ संक्रमित फेला नपरेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

मधेस प्रदेशमा पछिल्लो २४ घण्टामा ११ जना संक्रमणमुक्त भएका छन् । योसँगै मधेस प्रदेशमा हालसम्म ४० हजार ६४ जना संक्रमणमुक्त भएका छन् ।

यस प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ४१ हजार ३९४ पुगेको छ भने मृत्यु हुनेको संख्या १ हजार ६२ पुगेको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार हाल प्रदेशभर सक्रिय संक्रमितको संख्या २६८ रहेको छ । जसमध्ये २७६ जना होम आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २ जना एचडियूमा उपचाररत् छन् ।

मृतक १ हजार ६२ मध्ये सप्तरीका १६१, सिरहाका १३७, धनुषाका १३२, महोत्तरीका ९१, सर्लाहीका ९३, रौतहटका १३०, बाराका १८२, पर्साका १३५ र १ जना भारतीय नागरिक छन् । जसमा पुरुष ७७१ र महिला २९१ रहेका छन् ।