आइतबार ६५ नयाँ संक्रमित थपिए, १९२ संक्रमणमुक्त

काठमाडौं, २९ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा ६५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३०६ जनाको पीसीआर परीक्षण गर्दा ५९ र १ हजार ६४१ एन्टीजेन परीक्षणमा ६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १९२ रहेको छ भने कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९१७ रहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


