एजेन्सी, २९ फागुन । युक्रेनले राजधानी किभको ‘अथक प्रतिरक्षा’को लागि तयार रहेको राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन् ।

रुसले घेरा हालेको दक्षिणी बन्दरगाह सहर मारिउपोलमा पनि बमबारी जारी राखेको छ ।

शनिबार राति सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियामा युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनलाई जित्ने शक्ति र आत्मा रुससँग नभएको बताएका छन् ।

मारिउपोलको लागि जाँदै गरेको मानवीय सहायताको रुसी चेकपोस्टमा रोकिएको थियो । तर, यो आइतबार सहरमा पुग्ने आशा गरिएको उपप्रधानमन्त्री इरिना भेरेशचुकले बताएकी छन् ।

रणनीतिक बन्दरगाह सहर मारिउपोलमा ‘मानवीय प्रकोप’ को सामना गरिरहेको छ । यहाँ रुसले गरेको आक्रमणमा परी १ हजार पाँच सयभन्दा बढी नागरिक मारिएका छन् ।

लाखौं सर्वसाधारणलाई बाहिर निकाल्ने प्रयास बारम्बार असफल भएको छ । मरियुपोल अझै पनि घेरिएको छ ।