रुसले युक्रेनी सेनालाई घेरा हाल्ने प्रयास गरिरहेको छ : बेलायत

एजेन्सी, २९ फागुन । बेलायतले रुसले युक्रेनी सेनालाई घेरा हाल्ने प्रयास गरिरहेको बताएको छ ।
बेलायतको रक्षा मन्त्रालयले रुसी सेनाले युक्रेनी सेनालाई घेरा हाल्ने प्रयास गरिरहेको बताएको हो ।
आफ्नो डेली इन्टेलिजेन्समा बेलायती रक्षा मन्त्रालयले रुसी सेनाले युक्रेनी सेनालाई देशको पूर्वी क्षेत्रमा घेरा हाल्न चाहेको बताएको छ ।
उसले उत्तरमा खार्किभ र दक्षिणमा मारिउपोलबाट रुसी सेना अगाडि बढिरहेको पनि उल्लेख गरेको छ ।
’क्रिमियाबाट अगाडि बढिरहेका रुसी सेनाहरू माइकोलेभ पार गर्दै पश्चिम ओडेसातर्फ सर्दै छन्,’ मन्त्रालयले भनेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


