काठमाडौं, २८ फागुन । नेपालले आगामी महिना खेल्ने एक दिवसीय र टी–२० सिरिजको खेल तालिका सार्वजनिक गरेको छ ।

नेपालले पपुवा न्युगिनीसँग दुई खेलको एक दिवसीय सिरिज खेल्दै छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार सार्वजनिक गरेको तालिकाअनुसार सिरिज मार्च २५ र २६ मा हुनेछ ।

त्यस्तै, नेपालले पपुवा न्युगिनी र मलेसिया सम्मिलित त्रिदेशीय टि–२० सिरिज खेल्नेछ ।

त्रिदेशीय सिरिज २८ मार्च देखि ४ अप्रिलसम्म हुनेछ । दुवै सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मौदानमा हुनेछन् ।