शनिबार ७३ नयाँ संक्रमित थपिए, १९२ जना संक्रमणमुक्त

काठमाडौं, २८ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा ७३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार २३८ जनाको पीसीआर परीक्षण गर्दा ३० र २ हजार ८२४ नमूनाको एन्टिजेन परीक्षण गर्दा ४३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १९२ रहेको छ । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।
योसँगै अहिलेसम्म ९ लाख ६० हजार ८७८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९५० रहेको मन्त्रालयको भनाइ छ ।
आज देशभर ५ हजार ५० जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, १ लाख १ हजार ३०४ जनाले आज कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


