झापा–११ पाँचौ झापा गोल्डकपको फाइनलमा

काठमाडौं, २८ फागुन । घरेलु टोली झापा–११ पाँचौ झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
झापाले बिर्तामोडस्थित डोमालाल राजवंशी मैदानमा शनिबार भएको दोस्रो सेमिफाइनलमा संकटा क्लबमाथि २–० को जित हात पारेको हो ।
झापाको जितमा दुवै गोल विमल घर्ती मगरलले गरे ।
खेलको १६ औं मिनेटमा एन्द्रियस नियाको पासमा विमलले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
५७ औं मिनेटमा विकास मेराग्लियाको पासलाई विमलले नै सदुपयोग गर्दै व्यत्तिगत दोस्रो गोल गरेपछि २–० को सहज जित निकाल्दै झापाले फाइनल यात्रा तय गरेको हो ।
झापाले उपाधिका लागि सोमबार त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ । आर्मी सातदोबाटो युथ क्लबलाई ४–१ ले हराउँदै फाइनल पुगेको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


