एजेन्सी, २७ फागुन । जम्मू कश्मीरको गुरेज सेक्टरमा शुक्रबार भारतीय सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ ।

समाचार एजेन्सी एएनआईले रक्षा अधिकारीहरूलाई उद्धृत गर्दै गुरेज सेक्टरको बरौम क्षेत्रमा सेनाको चित्ता हेलिकप्टर दुर्घटनाग्रस्त भएको जानकारी दिएको छ ।

’हेलिकप्टर चालक दलको उद्धार गर्न खोजी टोलीहरू क्षेत्रमा पठाइएको छ,’ अधिकारीले भने ।

गुरेज हिउँले ढाकिएको क्षेत्र हो । घटनासँग सम्बन्धित अन्य विवरण आउन बाँकी रहेको बिबिसी हिन्दीले लेखेको छ ।