शुक्रबार ७७ नयाँ संक्रमित थपिए, १८१ जना संक्रमणमुक्त

काठमाडौं, २७ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा ७७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६०७ जनाको पीसीआर परीक्षण गर्दा ६२ र २ हजार ३७४ जनाको एन्टीजेन परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ भने १८१ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १७ हजार ७४१ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९५० पुगेको छ ।त्यस्तै, ९ लाख ६० हजार ६६८ जना संक्रमणमुक्त भएका छन् ।
देशभर हाल ५ हजार २१२ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्ये ५ हजार १०८ जना होम आइसोलेसनमा र १०४ जना संस्थागत आइसोलेसनमा छन् ।
कोरोनाका बिरामीमध्ये ३२ जना आईसीयू र ५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
पछिल्लो २४ घण्टामा १ लाख २६ हजार १ सय ९६ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


