अन्तिम–१६ को पहिलो लेगमा लेस्टर सिटीको जित

एजेन्सी, २७ फागुन । युरोपा कन्फरेन्स लिगअन्तर्गत अन्तिम–१६ को पहिलो लेगमा लेस्टर सिटीले जित निकालेको छ । लेस्टरले आज बिहान सम्पन्न खेलमा फ्रेन्च क्लब रेनसमाथि २–० को सहज जित हात पारेको हो ।
घरेलु मैदान किङ्ग पावर स्टेडियममा लेस्टरलाई जित दिलाउन मार्क अलब्राइटन र केलिची इहानाचोले १–१ गोल गरे । खेलको ३० औं मिनेटमा मार्कले गोल गर्दै लेस्टरलाई सुरुआती अग्रता दिलाएका थिए ।
थप गरिएको समयमा केलीचीले गोल गरेपछि लेस्टरले २–० को सहज जित हात पारेको हो । दोस्रो लेग १७ मार्चमा रेनेसको घरेलु मैदान रोजोन पार्कमा हुनेछ ।
लिग अन्तर्गतकै अन्य खेलमा रोमा, पाओक थेसालोनिकी एफसी,फिएनुर्ड,स्लाभिया प्राहा, बोडो/ग्लिम्ट र मार्सेलीले जित हात पार्दा पिएसभी इन्डोभेन र कोपेनहेगनले बराबरी खेलेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


