रूसमा रहेका पश्चिमा कम्पनीहरूको सम्पत्ति राष्ट्रियकरण गर्नु गैरकानुनी : अमेरिका

एजेन्सी, २७ फागुन । ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेन साकीले रुस छाड्ने पश्चिमा कम्पनीहरूको सम्पत्ति राष्ट्रियकरण गर्ने सम्भावनाबारेको चर्चामा टिप्पणी गरेकी छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा रुस सरकारको कम्पनीहरूको सम्पत्ति जफत गर्ने गैरकानुनी निर्णयले रुसी जनतालाई नै पीडा थप्ने बताइएकी छन् ।
उनले ट्वीटरमा भनेकी छन्, ’रूसी सरकारले यी कम्पनीहरूको सम्पत्ति जफत गर्ने कुनै पनि गैरकानूनी निर्णयले अन्ततः रूसी जनतालाई नै पीडा थप्नेछ । यो निर्णयले विश्वका व्यापारी समुदायलाई रूसमा व्यापार गर्न सुरक्षित नभएको संकेत गरेको छ ।’
मार्च ९ मा रूसी सरकारको एक समितिले आर्थिक प्रतिबन्धको प्रभाव कम गर्न प्याकेज अनुमोदन गरेको थियो । यो प्याकेजमा रुस छाडेर गएका पश्चिमी कम्पनीको सम्पत्ति जफत गर्ने प्रस्ताव पनि राखिएको छ ।
उनले रुसले रुसी बजारमा व्यापार बन्द गरेका अन्तर्राष्ट्रिय कम्पनीहरूको सम्पत्ति जफत गर्नेबारेका रिपोर्टहरू आफूले हेरेको उल्लेख गरेकी छन् । उनले ती कम्पनीहरूले रुसले युक्रेनमाथि गरेको आक्रमणमा भाग लिन नचाहेकाले रुसी बजारबाट बाहिरिएको समेत उल्लेख गरेकी छन् ।
जेन साकीले भनिन्, ’रसियाले अमेरिका र रुसी बजारमा व्यापार बन्द गरेका अन्तर्राष्ट्रिय कम्पनीहरूको सम्पत्ति जफत गर्ने विचार गरिरहेका रिपोर्टहरू हामीले हेरेका छौँ । यो निर्णय कम्पनीहरूको आफ्नै निर्णय हो । राष्ट्रपति जो बाइडेनले यस हप्ताको सुरुमा भनेका थिए कि रुस छोड्ने कम्पनीहरूलाई हामीहरूले स्वागत गर्छौं किनभने यी कम्पनीहरू युक्रेनविरुद्ध रसियाको युद्धमा भाग लिन चाहँदैनन् ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


