काठमाडौं, २७ फागुन । पाँच नेपाली युवा क्रिकेटर अभ्यासका लागि भारतको बैंग्लोर जाने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार लोकेशबहादुर बम, गुल्शनकुमार झा, कुशल मल्ल, देव खनाल र मोहम्मद आदिल आमल जस्ट क्रिकेट एकेडेमीमा अभ्यास गर्न बैंग्लोर जान लागेका हुन् ।

खेलाडी विकास कार्यक्रमअन्तर्गत उनीहरू दुई हप्ता उच्च प्रदर्शन क्याम्पमा रहनेछन् । खेलाडीहरु शुक्रबार राति भारत प्रस्थान गर्ने क्यानले जनाएको छ ।