‘एक जुनी हैन’ मा प्रेम र समर्पणको भाव प्रस्तुत

काठमाडौं, २७ फागुन । एक अर्काको ख्यालले सम्बन्धको डोरी बलियो बनाउँछ भन्ने भावसहित एक गीतको म्युजिक भिडियो बजारमा आएको छ ।
गीत गायक हेमन्त शर्माले गाएका हुन् । उक्त गीत गोविन्द केसीले आफ्नी श्रीमतीलाई वैवाहिक वर्षगाँठको उपहार स्वरूप समर्पण गरेका छन् । उनीहरू दुबैजना रोजगारीको सिलसिलामा छुट्टाछुट्टै देशमा बस्दै आएका छन् ।
गीत हेमन्त शर्माले नै लेखेका हुन् । शर्माकै संगीत रहेको गीतमा गायिका अस्मिता अधिकारीले पनि गायनमा साथ दिएकी छन् । गीतमा संगीत संयोजन भने श्यामश्वेत रसाइलीको सुन्न सकिन्छ ।
म्युजिक भिडियोमा अभिनेता आकाश श्रेष्ठ र मोडल रियासा दाहालले अभिनय गरेका छन् । पारिवारिक प्रेमकथा प्रस्तुत गरिएको म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् । ‘एक जुनी हैन’ बोलको गीतमा प्रेम र समर्पणको भाव प्रस्तुत गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


