ऋषि कपुरको अन्तिम फिल्म ‘शर्माजी नमकीन’ को रिलिज मिति घोषणा

एजेन्सी, २७ फागुन । अभिनेता ऋषि कपुरको अन्तिम फिल्म ‘शर्माजी नमकीन’ को रिलिज मिति घोषणा गरिएको छ । निर्माताले फिल्मको पोस्टर सार्वजनिक गर्दै फिल्म मार्च ३१ मा रिलिज हुने घोषणा गरेका हुन् ।
यद्यपि फिल्म हलमा नभई ओटिटी प्लेटफर्म अमेजन प्राइममा रिलिज हुन् लागेको हो ।
हितेश भाटियाले निर्देशन गरेको यसफिल्ममा ऋषिसँगै परेश रावल, जुही चावला, सुहेल नय्यर, तारुक रैना, सतीश कौशिक, शीबा चड्ढा र ईशा तलवारको मुख्य भूमिका रहेको छ ।
फिल्म छायांकनमै रहदा ३० अप्रिल २०२० मा ऋषि कपूरको निधन भएको थियो । उनको मृत्युपछि परेश रावलले उनको भूमिका निर्वाह गर्दै फिल्मको बाँकी छायांकन पूरा गरेका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


