कांग्रेस धनुषाको नयाँ नेतृत्वका लागि दोस्रो चरणको मतदान जारी

जनकपुरधाम, २७ फागुन । नेपाली कांग्रेस धनुषाको नयाँ नेतृत्वका लागि आज दोस्रो चरणको मतदान जारी रहेको छ ।
दोस्रो चरणको मतदान आज बिहान ११ बजेदेखि सुरु भएको निर्वाचन अधिकृत अरुण ज्ञवालीले जानकारी दिए ।
यसअघि पहिलो चरणमा तीनमध्ये कुनै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान बिहीबारको लागि तोकिएको थियो । तर, बिहीबार निर्वाचन हुन नसक्दा उम्मेदवारहरुको सहमति र सहकार्यको निर्णय अनुसार शुक्रबारको लागि सारिएको थियो ।
दोस्रो चरणको मतदानमा डा.शेखर कोइराला समूहका उम्मेदवार दिनेश प्रसाद प्रसैला यादवले विमलेन्द्र निधि समूहका उम्मेदवार योगेन्द्र पजियारलाई समर्थन गरेको छ ।
पहिलो चरणको मतदानमा २ हजार ९१२ मत खसेकोमा निधि समूहका उम्मेदवार योगेन्द्र पजियारले १ हजार २४८ मत ल्याएका थिए भने संस्थापन पक्षका सभापतिको उम्मेदवार सन्तोष यादवले ८८२ र कोइराला समूहका उम्मेदवार दिनेश प्रसैलाले ६३० मत प्राप्त गरेका थिए । त्यस्तै, १५१ मत बदर भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


