पञ्जावमा आम आदमीले पायो तीन चौथाई मत

एजेन्सी, २६ फागुन । भारतको पञ्जाव राज्यमा आम आदमी पार्टी (एएपी)ले तीन चौथाई मत प्राप्त गरेको छ ।
विधान सभाका लागि भएको निर्वाचनमा अत्यधिक मत पाएसँगै पञ्जाब प्रदेशको सरकार आम आदमीले नै बनाउने भएको छ ।
न्यून आय भएका र मध्यम वर्गीय व्यक्तिहरूले आम आदमीलाई मन पराएको पाइएको र आम आदमीले चमत्कार गरेको टिप्पणी भएको छ ।
स्थानीय समय अनुसार बिहीबार बेलुका ६ बजेसम्म, कुल ११७ प्रदेश सभा सदस्य मध्ये ८९ मा आम आदमीले जित हासिल गरिसकेको छ ।
त्यसैगरी अहिले मत गणना भइरहेका मध्ये ३ ठाउँमा अग्रता कायम गरेको निर्वाचन अधिकारीहरूले जानकारी दिएका छन् ।
प्रदेश सरकारमा रहेको दल कांग्रेसले भने १५ ठाउँमा मात्रै जित हासिल गरेको निर्वाचन आयोगले जनाएको छ । अहिले मतगणना भइरहेका मध्ये कांग्रेस पनि तीन सिटमा अग्रस्थानमा देखिएको छ ।
अत्यधिक मत ल्याएकोले आम आदमी पार्टीले भगवन्त मानलाई मुख्य मन्त्री बनाउने भएको छ । उनलाई पार्टीले निर्वाचन अगाडि नै मुख्यमन्त्रीको उम्मेदवारको रुपमा अगाडि सारेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


