म्यानचेस्टर सिटी क्वार्टरफाइनलमा

एजेन्सी, २६ फागुन । च्याम्पियन्सलिग अन्तर्गत अन्तिम–१६ को दोस्रो लेगमा बराबरी खेले पनि इंग्लिस क्लब म्यानचेस्टर सिटीले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ ।
सिटीले घरेलु मैदान इतिहाद स्टेडियममा आज बिहान सम्पन्न खेलमा पोर्चुगिज क्लब स्पोर्टिङ सिपीसँग बराबरी खेलेको हो । बराबरीमा रोकिए पनि सिटीले समग्रमा ५–० को जित हात पार्दै अन्तिम–८ को यात्रा तय गरेको हो ।
पहिलो लेगमा सिटीले ५–० को फराकिलो जित निकालेको थियो । २४ औं मिनेटमा फिल फोडेनको प्रहारलाई स्पोर्टिङका गोलरक्षक एडानले विफल पार्दा सिटी अग्रता लिनबाट चुक्यो ।
४७ औं मिनेटमा सिटीका गाब्रियल जिससले गोल गरे पनि भिएआरमा अफसाइड देखिएपछि त्यसले मान्यता पाएन ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


