बिहीबार ११२ नयाँ संक्रमित थपिए, ४२९ जना संक्रमणमुक्त

काठमाडौं, २६ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा ११२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८०१ जनाको पीसीआर परीक्षण गर्दा ७७ र २ हजार ५२७ नमूनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण बिहीबार कसैको मृत्यु भएको छैन । पछिल्लो २४ घण्टामा ४२९ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ३४० रहेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


