शिक्षा र स्वास्थ्य क्षेत्रमा राजनीति नगर्न आग्रह

दाङ, २६ फागुन । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले शिक्षा र स्वास्थ्य क्षेत्रमा राजनीति नगर्न आग्रह गरेका छन् ।
बिहीबार दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवलोकन गर्दै प्रदेश प्रमुख शेरचनले स्वास्थ्य र शिक्षा संवेदनशील क्षेत्र भएकाले राजनीतीकरण गर्न नहुने बताएका हुन् ।
शेरचनले मेडिकल साइन्स् जीवन प्रदान गर्ने क्षेत्र भएकाले निष्पक्ष ढंगले काम गर्दै स्वास्थ्य सेवाको विकासमा लाग्नु पर्नेमा जोड दिए ।
प्रतिष्ठानमा स्वास्थ्य सेवा विस्तारसँगै मेडिकल शिक्षा सञ्चालन गर्न उनले आग्रह गरे । उनले प्रतिष्ठानको स्तरउन्नतिका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार भएको बताए ।
प्रतिष्ठानका शिक्षाध्यक्ष डा. बसन्त लामिछानेले आगामी शैक्षिक सत्रदेखि शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको बताए ।
प्रतिष्ठानमा विएसी नर्सिङ, डिएनएस र ब्याचलर अफ फार्मेसीको अध्यापन सुरु हुने प्रतिष्ठानका शिक्षाध्यक्ष लामिछानेले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


