मृत्युपश्चात अंगदान गर्न आग्रह

काठमाडौं, २६ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मृत्युपश्चात अंगदान गर्न आग्रह गरेका छन् ।
बिहीवार विश्व मृगौला दिवसको अवसरमा विभिन्न संघसंस्थाले संयुक्त रूपमा आयोजना गरेको प्रभातफेरी लगायतका कार्यक्रममा सहभागी हुँदै मन्त्री खतिवडाले मृत्युपश्चात अंगदान गर्न सबैलाई आग्रह गरेका हुन् ।
मृत्युपश्चातको अंगदान गरेमा मृगौला पीडितहरूले पनि धेरै सुविधा पाउने उनले बताए ।
मन्त्री खतिवडाले मृगौला प्रत्यारोपण गरेका व्यक्तिहरू पनि मृगौला नफेरेका व्यक्तिहरूजस्तै स्वस्थ हुनसक्ने भन्दै आत्तिन नहुने पनि बताए ।
मृगौला प्रत्यारोपण गरेका व्यक्तिहरूले चिन्तित भएर आफूलाई कमजोर बनाउनु नहुने उनको भनाइ छ ।
१० मार्चको दिन मनाइने विश्व मृगौला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


