साउथका सुपरस्टार प्रभासले नेपाली दर्शकलाई पठाए भिडियो सन्देश

एजेन्सी, २६ फागुन । साउथका सुपरस्टार प्रभासले नेपाली दर्शकलाई सम्बोधन गर्दै भिडियो सन्देश पठाएका छन् ।
एक भिडियो सन्देशमार्फत् उनले आफ्नो रिलिजको क्रममा रहेको फिल्म ‘राधे श्याम’लाई अघिल्ला फिल्मझैं माया गर्न आग्रह गरेका छन् ।
‘नमस्ते नेपाल । मेरो फिल्म राधेश्याम ११ मार्चमा नेपालका फिल्म हलहरूमा रिलिज हुँदै छ । हेरेर माया गरिदिनुहोला’, आफ्नो सन्देशमा प्रभासले भनेका छन् । उनले यो भिडियो सन्देश फिल्म ‘राधे श्याम’को नेपाल वितरकलाई पठाएका हुन् ।
फिल्म आउँदो शुक्रबारदेखि नेपालमा पनि प्रदर्शन हुँदै छ । फिल्ममा प्रभासले पूजा हेग्डेसँग अनस्क्रिन रोमान्स गरेका छन् । सन् १९७० को युरोपको सेटिङमा बनेको यो रोमान्टिक फिल्मलाई राधाकृष्ण कुमारले निर्देशन गरेको हुन् ।
‘बाहुबली’को प्रदर्शनयता नेपालमा पनि प्रभासका फ्यानहरू बढिरहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


